बैशाख २०, २०८२ शनिबार

आज पूर्व प्रधानमन्त्री अधिकारीको २० औं स्मृति दिवस

झापा । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । अधिकारीको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले कार्यक्रमको आयोजना गरको छ ।
२०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बनेका थिए । संसदबाट निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बनेका अधिकारीको नेपालको वाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो । उनी पार्टीका स्थापक सदस्य समेत थिए । ०४६ को आन्दोलनमा नेकपा माक्र्सवादीका अध्यक्ष रहेका उनले २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बनेका थिए । नेपाली कम्युनिष्ट आन्दोलनका नेता समेत रहेका अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो । अधिकारीको स्मृतिमा प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओली सहित नेताहरुले श्रद्धा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार  १० : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]