श्रीमतीलाई जलाएर हत्या गर्ने प्रयास

धनुषा । सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई उनको श्रीमानले आगो लगाई हत्याको प्रयास गरेका छन् ।
नवविवाहितालाई पतिले मट्टीतेल छर्केर जलाएको घटना लगत्तै सिरहामा फेरि यो अर्को घटना दोहोरिएको छ । आगोले शरीरको २० प्रतिशत भाग मात्र जल्न बाँकी रहेको अवस्थामा उनको उद्धार गरिएको छ । आगलागी पछि कञ्चनको अवस्था जटिल बन्दै गएको छ । घटनापश्चात् उनका श्रीमान बेचन मण्डल खत्वे फरार भएका छन् । सासुलाई भने नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिएका छन् ।
घटनालगत्तै कञ्चनको उद्धार गरी प्रहरीले उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार सम्भव नभएपछि कञ्चनलाई उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीको भनाई छ ।