कराँते संघ झापामा हरिमाया

बिर्तामोड । नेपाल सिन्दोकाई–कान कराते संघ झापा जिल्लाको पहिलो अधिवेशनले झापा जिल्ला खेलकुद विकास समिति सदस्य हरिमाया मैनालीलाई चयन गरिएको छ ।
मेची रङ्गशाला स्थित खेलकुद विकास समितिको सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा रमेश भट्टराई, सचिवमा गोबिन्द कोईराला र कोषाध्यक्षमा रोजिना मेचे चयन भएकी छिन् । समितिको सदस्यहरुमा उमादेवी बानियाँ, सिता भण्डारी, रेश्मा खातुन, सौरभ (धनपती) मैनाली र निशान लामिछाने रहेका छन् ।