बैशाख २०, २०८२ शनिबार

बिर्तामोडका उमेशलाई मिस्टर हिमालय उपाधि

बिर्तामोड । झापा बिर्तामोड ग्यालेक्सी फिट्नेसका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।
पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश गरेका थिए । ओभरअल च्याम्पियन बन्ने क्रममा उमेशले अन्य पाँच तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई उछिन्दै उपाधि हात पारेका हुन् ।


प्रतियोगितामा समावेश ६ स्पर्धामा पहिलो भएका खेलाडीबीच मिस्टर हिमालय उपाधिका लागि पुनः प्रतिस्पर्धा भएको थियो । ५५ केजीमा पावर फिट्नेस एन्ड जिम कोटेश्वरका किसनदास दिवाकर, ६० केजीमा नेपाल व्यायम मन्दिरका डेविड बलामी, ६५ केजीमा नेपाल जिम एन्ड फिट्नेस रुपन्देहीका श्री थापामगर, ७० केजीमा आर्मीका रमेश कार्की र ७५ केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेस ढल्कोका नरेश मालाकार पहिलो भएका थिए ।


उपाधिसँगै उमेशले दुई लाख ५० हजार नगद पुरस्कार हात पारे । उमेशले आफ्नो तौलसमूहमा पहिलो भएवापत छुट्टै २५ हजार नगद पुरस्कार पनि हात पारेका छन् । अन्य तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे ।

प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार  ११ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]