कनकाईमा यातायात खुल्यो, मोर्चाको पाँच माग

कनकाई । गोर्खा नेपाल जनुमक्ति मोर्चाले पाँच वटा माग राख्दै कनकाई पुल नजिकै शंकास्पद बस्तु राखेको खुलेको छ । आज विहान ५ बजे सो बस्तु फेला परेको थियो ।
कुकर बम भनिएपनि बम नभएको सुरक्षा अधिकारीले जानकारी दिए । शंकास्पद् बस्तु नजिकै मोर्चाले राखेको पर्चामा सुगौली सन्धि मार्फ नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही, निशुल्क शिक्षा र उपचारसहितको माग उल्लेख गरिएको छ ।
मोर्चाले नै बम राखेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । सेनाले सो बस्तु निष्किृय बनाइसकेका छन् । अहिले ठप्प भएको यातायात खुलेको छ । सो क्षेत्रको परिस्थिति सामान्य भएको हाम्रा संवाददाता सिएम शर्माले जानकारी दिए ।