बैशाख २०, २०८२ शनिबार

प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौँ । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली प्रस्थान गरेका छन् ।


परराष्ट्र मन्त्रालयका अनुसार ओली शुक्रबार नेपाल फिर्नेछन् । नयाँदिल्लीमा रहँदा ओलीले भारतका उच्चस्तरका नेता तथा अधिकारीहरूसित भेटवार्तासमेत गर्ने जानकारी परराष्ट्र स्रोतले दिएको छ ।
मोदीको अघिल्लो कार्यकालको शपथग्रहण समारोहमा तत्कालीन समकक्षी सुशील कोइराला सहभागी भएका थिए ।


व्यापारी चौधरीलाई पनि निम्तो

नव निर्वाचित भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा भाग लिनका लागि नेपाली व्यापारी तथा उद्योगी विनोद चौधरीलाई पनि औपचारिक निमन्त्रणा पठाइएको छ । चौधरी पनि मोदीको सपथ ग्रहणमा भाग लिनका लागि दिल्ली प्रस्थान गरेका छन् ।

सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि सपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो ।

प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार  २ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]