बुधबारेमा व्यवसायी महिला संगठित

बुधबारे । नेपाल महिला चेम्बर अफ कमर्श बुद्धशान्ति बिहीबार गठन भएको छ । समितिको अध्यक्षमा देवकुमारी मगर (शेर्मा) सर्वसम्मत चयन भएकी छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा कमला प्रधान, वाणिज्य उपाध्यक्षमा हिमा खतिवडा, उद्योग उपाध्यक्षमा चन्द्रा न्यौपाने चयन भएका छन् । त्यस्तै महासचिवमा नर्वदा चापागाईं बाँस्कोटा चयन भएकी छिन् । उद्योग सचिवमा शान्ता श्रेष्ठ, वाणिज्य सचिवमा हेमा चापागाईं, कोषाध्यक्षमा मञ्जु तिम्सिना सर्वसम्मत चयन भएका छन् ।
२७ सदस्यीय समितिको सदस्यमा पुनम पौड्याल, ललिता पोखरेल, अनु लिमखिम राई, उषा बराईली, दिप्ती मैनाली, भीमा कोइराला, स्मिता ठकुरी, दुर्गा मगर, गंगा लिम्बु, रिमा कोइराला, अनिता विश्वकर्मा, सेमी केसी प्रसाईं, सुमि अधिकारी, पिङ्की राय लगायत रहेका छन् ।