बैशाख २०, २०८२ शनिबार

भद्रपुर नगरपालिकाले विकासमा विभेद गरेको आरोप, कांग्रेसले बुझायो ज्ञापन

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर–८ नम्बर वडा समितिले वडाको विकासमा नगर नेतृत्वबाट सन्तुलित कार्य नभएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र पठाएको छ ।


वडामा रकम कम पठाईंदा सयौ योजना अलपत्र परेको भन्दै निरन्तर काम अगाडि बढाउन दबाब दिने उद्देश्यले वडा कार्यालय मार्फत नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो ।

वडाध्यक्ष गौरव सुब्बा (मनोज) मार्फत नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई वडाको विकासमा विभेद नगर्न अनुरोध गर्दै ज्ञापन पत्र पठाइएको छ ।


८ नम्बर वडा समन्वय समितिका संयोजक रत्नप्रसाद खतिवडाको नेतृत्वमा गएको टोलीले वडाध्यक्ष मार्फत ज्ञापन पत्र नगर कार्यपालिकामा पठाएको हो ।

ज्ञापनपत्रमा स्थानीय नागरिकका समस्यामा नगर नेतृत्व लिने जनप्रतिनिधिले वेवास्ता गरेकोले सडक, पूल, कल्वर्ट निर्माण, खेलकुद, खानेपानी, सिंचाई लगायत दर्जनौं समस्याको हल गर्न माग गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ १७, २०७६ शुक्रबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]