२३ वर्षपछि सुरुङा खानेपानीमा दाहालको पराजय
सिएम शर्मा

कनकाई । सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समुहको बिहीबार सम्पन्न निर्वाचनमा भीम अधिकारीको नेतृत्वमा रहेको संयुक्त लोकतान्त्रिक प्यानल विजयी भएको छ ।
स्थापना कालदेखि निरन्तर नेतृत्व सम्हाल्दै आएका प्रेम प्रसाद दाहालको नेतृत्वमा रहेको संयुक्त प्यानलका उम्मेद्वारलाई पछि पार्दै अधिकारीको टिम विजयी बनेको हो । दाहाल २३ वर्षपछि सो नेतृत्वमा पराजित भएका छन् ।
अध्यक्षमा भिम प्रसाद अधिकारी १२६१ मत , उपाध्यक्षमा युवराज सङ्गग्रौला १२८६ मत , सचिवमा मिनकुमार प्रधान १२९२ मत , कोषाधक्षमा राम न्यौपाने १२०५ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी खुला सदस्य पदमा भरत कुमार श्रेष्ठ १२९८ मत , सुर्य गुरुङ्ग १२४८ मत , बलराम अधिकारी ११८२ मत र महिला सदस्यमा धनमाया चिमरिया १३८० मत साथै अम्बिका चापागाईं सुवेदी १२२३ मत ल्याएर विजयी भएको निर्वाचन समितिका संयोजक टीका पोखरेलले जानकारी दिए ।
निर्वाचन समितिका अनुसार २८२५ मतदाता रहेकोमा जम्मा २४३९ मत खसेको थियो भने पदाधिकारीको मतमा २६ र सदस्यको मतमा ४९ मत बदर भएको छ ।