बैवाहिक वर्षगाँठमा विद्यार्थीलाई व्याग उपहार

बुधबारे । झापा बुद्धशान्ति–२ का एक जोडीले आफ्नो २५ को बैवाहिक वर्षगाँठमा एक सामुदायिक विद्यालयका ३० विपन्न परिवारका विद्यार्थी सहित जम्मा ४५ जनालाई ब्याग उपहार दिएका छन् ।
बुद्धशान्ति २ जयपुरका अमिर श्रेष्ठ र पार्वता श्रेष्ठले सोमबार आदर्श मावि जयपुरका ३० जना विपन्न विद्यार्थी र नवज्योति क्लब जयपुरलाई १५ थान ब्याग उपलब्ध गराएको नवज्योति क्लबका सचिव मुकेश भट्टराईले जनाएका छन् ।
बैवाहिक बर्षगाँठ भड्किलो ढंगले मनाउने परिपाटि चलिरहँदा सेवा भावले पनि वर्ष गाँठ मनाउन सकिने उदाहरण सो जोडीले प्रस्तुत गरेको छ ।