बैशाख २०, २०८२ शनिबार

पेट्रोलको मूल्य १ रुपैंया घट्यो

बिर्तामोड । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आयल निगमले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलको मूल्यमा एक रुपैयाँ प्रतिलिटरले घटाएको जानकारी दिएको छ ।


नेपाल आयल निगमका उप–निर्देशक विनितमणि उपाध्यायका अनुसार बुधबार राति १२ बजेदेखि पेट्रोलको साविकको मूल्यमा एक रुपैयाँ घटाइनेछ ।


घटेको मूल्यअनुसार काठमाण्डौको थानकोट डिपोको १५ किलोमिटर परिसरसम्म पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य ११० रुपैयाँ प्रति लिटर कायम रहेको निगमले जनाएको छ ।

डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]