शिवसताक्षीले १४४ जनालाई रोजगारी दिने

दूधे । झापाको शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय ४४ जनालाई रोजगार दिने भएको छ ।
नगरपालिकाले आसारको पहिलो हप्ता भित्रमा रोजगारी प्रदान गर्ने जनाएका छ । रोजगारीका लागि नगरभित्रबाट १६ सय आवेदन परेको थियो । जसमा १ सय ४४ जना रोजगार कार्यक्रमको मापदण्ड अनुसार छनोट भएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए ।
दैनिक ५१७ रुपैयाँ ज्याला उपलब्ध गराउने गरी ३० दिनका लागि छनोटमा परेका श्रमिकले नगरका वडा कार्यालय र नगरपालिका जोड्ने सडक मर्मत गर्ने, बजार क्षेत्र सरसफाई, तटबन्धन गरिएको स्थानमा बृक्षारोण गर्ने, पर्यटकीय तथा सार्वजनिक स्थलहरुका झाडी–फोहोर सरसफाई गर्ने, सार्वजनिक भवनहरुको रंगरोगन गर्ने कार्यहरु गर्ने नगरपालिकाकाले जनाएको छ ।