मेचीलाई ७ लाख २९ हजार लिटर इन्धन भित्रियो

बिर्तामोड । नेपाल आयल निगम चारआलीले आइतवारसम्म सहज हुने गरी पेट्रोलियम पदार्थ पम्पहरुमा पठाएको जनाएको छ । निगमका सूचना अधिकारी लोकमणि पौडेलले मेची अञ्चलका लागि ४ लाख ८५ हजार डिजेल र २ लाख ४४ पेट्रोल पम्पमा पठाइसकेको जानकारी दिए ।
भारतीय भन्सार पानीट्याङ्कीमा अनलाई दर्ता शुरु भएपछि एक सातादेखि मालवहाक सवारी नेपाल प्रवेशमा पातलिएको छ । सोहि क्रममा इन्धन लिएर नेपाल प्रवेश गर्ने ट्याङकर समेत सहजै आउन सकिरहेका छैनन् ।े भारतीय भन्सारले दर्ता प्रक्रिया व्यवस्थित गर्न नसक्दा इन्धनको आपूर्ति असहज भइरहेको निगमका सूचना अधिकारी पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार बिहीवार राती ५० वटा ट्याङ्कर नेपाल भित्रिएका छन् भने आज दिउँसो २ बजे २५ वटा ट्याङकर नेपाल भित्रिने तयारी गरिरहेको छ । दिउँसो आउने ट्याङ्करबाट १ लाख ६० हजार डिजेल र ३२ हजार पेट्रोल आयात हुने बताइएको छ । आज १० बजे निगममा विलिङ गरेर पम्महरुमा ट्याङ्कर पठाइसकेको पौडेलले जानकारी दिएका छन् ।