बिर्ता आयुर्वेदको निशुल्क स्वास्थ्य शिविर

बिर्तामोड । इलामको दानाबारीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दानाबारीको शुक्रबारे बजारको नमुना सामुदायिक भवनमा भएको शिविरमा २६० जना भन्दा बढिको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको संचालक योगेश श्रेष्ठले जानकारी दिए ।
निःशुल्क शिविरमा हाडजोर्नी ,नशा ,बाथ साथै पाइल्स,ग्यास्ट्रीक ,महिला रोग, कब्जियत, खोकी, दम लगायतको जाँच गरिइएको श्रेष्ठले बताए । खासगरी पाइल्स, ग्यास्ट्रीक र हाडजोर्नीका समस्या भएको फिजियोथेरापिस्ट डा. भगवान शाहले बताए ।
डा. शाह सहित कबिराज कमल रिजालले स्वास्थ्य जाँच गरेका थिए । दानाबारी, महमाई , खुदुनाबारी लगायत क्षेत्रबाट सर्वसाधारण सेवा लिन आएका थिए भने त्यहाँ आउने सेवाग्राहीहरु सन्तुष्ट पनि भएका छन् ।
त्यहाँबाट सेवा लिन आउने बिरामीलाई बिशेष छुट दिने संचालक योगेश श्रेष्ठ बताएका छन् । लगभग २५ हजार मूल्य बराबरको औषधि बिर्ता आयुर्वेद बिर्तामोडले निःशुल्क बितरण गरेको छ ।