बैशाख २३, २०८२ मंगलबार

बिर्तामोड गोल्डकप : पूर्वेली फाइलनमा

बिर्तामोड । प्रथम बिर्तामोड गोल्डकपको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ ।


हल्दिबारीको जलथल फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली युथ फाइनलमा प्रवेश गरेको हो । दोस्रो हाफको तेस्रो मिनेटमा गोलपोस्ट नजिकै जलथलका खेलाडी अभिषेक लिम्बूको हातमा गोलले छोएपछि पूर्वेलीले पेनाल्टी पाएको थियो । पूर्वेलीका कप्तान बिक्की चौधरीले प्रहार गरेको पेनाल्टी किक नै जीतका लागि निर्णायक बन्यो ।


खेलको म्यान अफ दि म्याच पूर्वेली युथका दिवस उराव घोषित भए । उनलाई बिर्तामोड ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन र सदस्य डिआर कडरियाले नगद तीन हजार रुपैयाँ प्रदान गरे ।
रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका अध्यक्ष राजकुमार विश्वकर्माले जनाएका छन् ।

भोली आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक रेड स्टार फुटबल क्लब र सुनसरीको पाञ्चायन फुटबल क्लबबीच हुनेछ ।

प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]