बिर्तामोडमा आयो यामाहाको नयाँ बाईक

बिर्तामोड । झापाको बिर्तामोडमा याहामाको नयाँ बाइक एफजीएस एफआई भी थ्रि सार्वजनिक गरिएको छ ।
यामाहा मोटरसाइकलको बिर्तामोड विक्रेता सयपत्री ट्रेड लिंकले फिल द थ्रिल रोड सो सहित एफजीएस एफआई भी थ्रिको बुधबार सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यलय बिर्तामोडमा डिएसपी मोहन थापाले नयाँ मोटरसाइकल एफआई भी थ्रीलाई सार्वजनिक गरेका हुन् । एफजीएस–एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल भएको कम्पनीका रविन श्रेष्ठले जानकारी दिए ।
यसमा १४९ सीसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसमा अघिल्लो पुस्तामा झैँ ५–स्पिड गियरबक्स रहेको छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक फर्क’ र पछाडि ‘मोनो शक’ छ यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको बताईएको छ ।
यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ । सार्वजनिक गरिएको मोटरसाईकलको विक्री सुरु भई सयपत्रीका सञ्चालक विनोद बस्नेतले जानकारी दिए ।