बैशाख २३, २०८२ मंगलबार

इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल २०१९/२० को खेल तालिका सार्वजनिक भएको छ ।
आज (बिहीबार) सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा च्याम्पियन्स लिगको विजेता लिभरपुल र प्रिमियर लिगमा बढुवा भएको क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल २०१९ का अगष्ट ९ तारिखमा हुनेछ ।

त्यस्तै, इंग्लिस प्रिमियर लिगको विजेता म्यान्चेस्टर सिटीले अगष्ट १० तारिखमा वेष्टहामससँग प्रतिस्पर्धा गर्नेछ । अगष्ट १० तारिखमा ७ खेल हुदैछ । त्यो दिन बोर्नमाउथले सेफिल्ड युनाइटेड, बर्नेलीले साउथहृयाम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वोल्भ्स, वाटफोर्डले ब्राइटन र स्पुरले एस्टोनभिलासँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार  ३ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]