नेता मंग्राती सहित तिन युवाले थाले मोडुलर किचन

बिर्तामोड । झापाको बिर्तामोडमा तिन जना युवाले संयुक्त लगानीमा पञ्चकन्या मोडुलर किचन एण्ड एसेस्सोरेज सञ्चालनमा ल्याएका छन् ।
सामाजिक एवम् राजनीकि अगुवा मेचीनगर कार्यपालिका सदस्य तथा युवा व्यवसायी टिकाराम मंग्रान्ती, युवा संघका नेता सुमनध्वज थापा र अनेरास्ववियूका नेता योगेश भण्डारीको संयुक्त लगानीमा उक्त व्यवसाय सञ्चालनमा ल्याएको हो ।
करिब २५ लाखको लागतमा सो व्यवसाय सञ्चालनमा आएको सञ्चालक मंग्रातीले जानकारी दिए । पञ्चकन्या मोडुलर किचन एण्ड एसेस्सोरेजको शुक्रबार विर्तामोडका युवा व्यवसायी ज्ञानुराम प्रसाईले उद्घाटन गरेका छन् ।
एसेस्सोरेजमा मोडुलर किचन, मोडुलर फर्निचर, बेतका फर्निचर, लेमिनेट पार्केटिङ्ग, फिल्टर (आर ओ प्लस यू भि), किचन चिम्नी, आल्मुनियम, फल्ससिलिङ्ग, रेडिमेट ढोका र सोलार वाटर हिटरलगायतका सामाग्रीहरु उपलब्ध रहेको भण्डारीले जानकारी दिए । उद्घाटनको अवसरमा एक हप्ता सामान खरिदमा १५ प्रतिशत छुट रहेको छ ।