बैशाख २०, २०८२ शनिबार

करातेको जुनियर ग्रेडिङ सम्पन्न

बाहुनडाँगी । मेचीनगर–१ स्थित एस.एन. सितोरियो कराते क्लवको आयोजनामा शनिबार करातेको जुनियर ग्रेडिङ सम्पन्न भएको छ ।


मेचे डाँगीस्थित युनाइटेड अंग्रेजी विद्यालय परिसरमा खेलाडीहरुको ग्रेडिङ गरिएको सितोरियो कराते प्राविधिक कमिटी झापा अध्यक्ष कृष्ण बस्नेतले बताए ।


कार्यक्रम उद्घाटनका अवसरमा मेचीनगर खेलकुद समितिका अध्यक्ष नविन बराल, करातेका वरिष्ठ प्रशिक्षक मदन उप्रेतीलगायतले शुभकामना दिएका थिए ।


मेचीनगर वडा नम्बर १, २ र ४ का ह्वाइट बेल्टदेखि ग्रिन बेल्टसम्मका २ सय बढी खेलाडीहरुले ग्रेडिङमा भाग लिएका एकेएफ कोच बद्री विष्टले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]