बैशाख २०, २०८२ शनिबार

स्काउटको स्थापना दिवसमा विविध कार्यक्रम

धुलाबारी । नेपाल स्काउटको २३ औं वार्षिकोत्सवको अवसर पारेर झापा जिल्ला स्काउट कार्यालयले शुक्रबारदेखि विविध कार्यक्रम सुरु गरेको छ ।


धुलाबारीस्थित इष्ट होराइजन अंग्रेजी आवासीय माविले संयोजन गरेको कार्यक्रमको शनिबार प्रतिनिधि सभाका सांसद् सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरेका छन् ।


उक्त मावि परिसरमा सुरु तीन दिवशीय कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि सांसद् कार्की, नेपाल स्काउटका वरिष्ठ प्रशिक्षक शिवकुमार पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले शुभकामना दिए ।


वार्षिक उत्सवको सन्दर्भ पारेर आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद् कार्कीलगायत अन्य अतिथिहरुले कार्यक्रमस्थल परिसरमा विभिन्न प्रजातिका २३ वटा विरुवा रोपेका थिए । आइतबार समापन हुने उक्त कार्यक्रममा झापाका सामुदायिक र संस्थागत गरी २९ वटा विद्यालयका ९ सय ६ जना स्काउट विद्यार्थीले भाग लिएका छन् ।


आयोजकका अनुसार ५४ जना रोबर रेञ्जर र ६० जना स्काउटर तथा शिक्षक प्रतिनिधि सहभागी कार्यक्रममा शारीरिक, मानसिक तथा बौद्धिक अभ्याससंगै आध्यात्मिक ज्ञान सिकाइनेछ ।


झापा जिल्ला स्काउट आयुक्त भुवन सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा स्वागत इष्ट होराइजन अंग्रेजी आवाशिय माविका प्रिन्सिपल सञ्जीव राई र सञ्चालन झापा स्काउट संगठन आयुक्त अरुण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]