बैशाख २५, २०८२ बिहीबार

झापाबाट स्वस्थ्य जीवन प्रवर्धन अभियानको प्रारम्भ

बिर्तामोड । स्वस्थ्य जीवन प्रवद्र्धन अभियान झापाबाट शुभारम्भ हुने भएको छ । असार ६ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अभियानको शुभारम्भ गर्ने भएका छन् ।


जीवनशैलीका कारण मानवीय जीवन अस्वस्थ्य बन्दै गएपछि प्रदेश सरकारले यो अभियानको प्रारम्भ गर्न लागेको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा बिर्तामोड नगरपालिकाको संयोजनामा विविध कार्यक्रमका विच अभियान प्रारम्भ गर्न लागेको कार्यक्रम संयोजक तीर्थराज आचार्यले जानकारी दिए ।

आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वास्थ्य कार्यलय झापाले अभियानको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक आचार्यले एक घर, पाँच योग र पाँच जडिबुटी कार्यान्वयन गर्ने जानकारी दिए ।


खाना,व्यायाम र आराम व्यवस्थित नहुँदा मानवीय जीवनशैली अस्वस्थ्य भएको बताउँदै उनले स्वस्थ्य जीवनशैलीका लागि निम्न बुँदाको कार्यान्वय गर्नुपर्ने बताए ।
अभियानको प्रारम्भमा ६ गते बिहान ५ः३० बजे योग शिविर, त्यसपछि बिर्तामोड सरसफाई, बृक्षारोपण गर्ने कार्यक्रम तय भएको छ । सबै कार्यक्रममा मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहभागिता हुनेछ । दिउँसो भने बृहत कार्यक्रम आयोजना गर्दै मुख्यमन्त्री राईले अभियानकोे प्रारम्भ भएको घोषणा गर्ने छन् ।


प्रदेश सरकारले अहिले झापा र मोरङमा यो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । आगामी वर्षबाट प्रदेशको १४ वटै जिल्लामा अभियान पु¥याउने संयोजक आचार्यले जानकारी दिएका छन् । अभियान स्थानीय सरकारको तहबाट गाउँगाउँसम्म पु¥याउने योजना रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक आचार्यले एक घर, पाँच योग र पाँच जडिबुटी कार्यान्वयन गर्ने जानकारी दिए ।
खाना,व्यायाम र आराम व्यवस्थित नहुँदा मानवीय जीवनशैली अस्वस्थ्य भएको बताउँदै उनले स्वस्थ्य जीवनशैलीका लागि निम्न बुँदाको कार्यान्वय गर्नुपर्ने बताए ।


अभियानको प्रारम्भमा ६ गते बिहान ५ः३० बजे योग शिविर, त्यसपछि बिर्तामोड सरसफाई, बृक्षारोपण गर्ने कार्यक्रम तय भएको छ । सबै कार्यक्रममा मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहभागिता हुनेछ । दिउँसो भने बृहत कार्यक्रम आयोजना गर्दै मुख्यमन्त्री राईले अभियानकोे प्रारम्भ भएको घोषणा गर्ने छन् ।


प्रदेश सरकारले अहिले झापा र मोरङमा यो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । आगामी वर्षबाट प्रदेशको १४ वटै जिल्लामा अभियान पु¥याउने संयोजक आचार्यले जानकारी दिएका छन् । अभियान स्थानीय सरकारको तहबाट गाउँगाउँसम्म पु¥याउने योजना रहेको छ ।

प्रकाशित मिति : असार ४, २०७६ बुधबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]