असार ६, २०८२ शुक्रबार

लक्ष्मी मावि प्रकरण : हस्ताक्षर र अक्षर परीक्षणका लागि काठमाडौं पठाइदै

बिर्तामोड । गैर विधार्थीलाई दिएको सिफारिसमा गरेको हस्ताक्षर परीक्षण हुने भएको छ । अर्जुनधारा –६ मा रहेको लक्ष्मी माविले ०६९ चैत २९ मा भारतीय नागरिक विवेक राई असल चरित्रको भएको सिफारिस दिएको थियो ।

प्रधानाध्यापक


पूर्व विधार्थीले गैर विधार्थीलाई सिफारिस दिएको भन्दै विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताको कारवाहीको माग गर्दै उजुरी दिएका थिए । विधालयको लेटर प्याड र स्टाम्प प्रयोग भएको उक्त सिफारिसमा प्रधानाध्यापक लेखेर हस्ताक्षर गरिएको छ ।


इलाका प्रहरी कार्यालय अनारमनीले सिफारिस उपर छानविन गरिरहेको छ । एक साताअघि प्रमाण जुटाउन प्रहरीले प्रअ गुप्तालाई विधालय पठाएको थियो । विधालयमा प्रमाण नभेट्टाएपछि हस्ताक्षर र सिफारिसमा लेखिएको अक्षर परीक्षणका लागि काठमाडौं पठाउने तयारी भएको छ ।

हस्ताक्षर र अक्षर परीक्षणका लागि प्रहरीको विधि प्रयोगशाला काठमाडौं पठाउने तयारी भएको डीएसपी मोहन थापाले जानकारी दिए । जानकारहरुका अनुसार सिफारिसमा गरिएको हस्ताक्षर सहायक प्रधानाध्यापक घनश्याम डाँगीको हो । डाँगी र प्रअ गुप्ताले आफ्नो हस्ताक्षर नभएको बताउँदै आएका छन् ।


कक्षा ११ को परीक्षामा परीक्षा केन्द्र भन्दा बाहिर बसेर परीक्षा दिएको भन्दै सहायक प्रधानाध्यापक डाँगी विवादित बनेका छन् ।


लागु औषध मुद्दामा पक्राउ परेका ति भारतीय नागरिक राईलाई अदालतमा सफाई दिन मद्दत पुग्ने गरी सो सिफारिस गरिएको थियो ।

प्रकाशित मिति : असार ४, २०७६ बुधबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]