७२७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा
झापा । देशका ७५३ स्थानीय तहमध्ये ७२७ स्थानीय तहमा बैंकको शाखा पुगेको छ ।

सरकारले गत आर्थिक वर्षमा नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष राखेपनि चालु आर्थिक वर्षको १० महिनासम्मको स्थितीमा २६ वटा स्थानीय तहमा अझै शाखा पुग्न सकेका छैनन् ।
प्रदेश ५ को सबै स्थानीय तहमा बैंक शाखा पुगेको छ भने प्रदेश सातमा सबैभन्दा बढी सात स्थानीय तहमा शाखा पुगेको छैन । २०७६ बैशाख मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।