गलबन्दीवाला झापा आउने
बिर्तामोड । चर्चित लोक गायक प्रकाश सपुत र शान्ति श्री परियार झापा आउने भएका छन् ।
शिखर बजारको तेस्रो वार्षिक उत्सवमा उनीहरुलाई झापा ल्याउन लागेको सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए ।

शिखर बजार स्थापना भएको तेस्रो वर्ष पुरा गरको अवसरमा गलबन्दी दोहोरी नाइटको आयोजना गरिएको छ । सोहि कार्यक्रममा प्रस्तुति राख्न दुवै गायक झापाको बिर्तामोड आउने छन् ।
असार २८ गते हुने गलबन्दी दोहोरी नाइट बिर्तामोडको सिटी पार्टी प्यालेसमा हुने भएको छ ।
शिखर बजारले दोहोरी नाइटमा सहभागी जनाउन चहानलाई २५ सय मुल्य बराबरको सामग्री खरिदमा एउटा टिकट उपलब्ध गराइने शिखर बजारका सञ्चालक राउतले बताएका छन् ।
एक जनालाई एक हजार र परिवार सहित आउनेलाई २५ सय रुपैयाँमा टिकटको व्यवस्था गरिएको उनको भनाई छ । टिकट डिनर सहितको हुनेछ ।
स्थापनाको तिन वर्षमा शिखर बजार दुई स्थानमा सञ्चालन भइरहेको छ । पहिलो बिर्ताबजार र दोस्रो शनिश्चरे रोडमा सञ्चालन भइरहेको छ ।