प्रहरी र विप्लव समूहविच गोली हानाहान, एकको मृत्यू
सर्लाही । सर्लाही जिल्लाको लालबन्दीमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । आज भएको भिडन्तमा एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर एक जना विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको छ । विप्लव माओवादी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ स्थित जंगलमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको हो । दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको पोखरेलले बताए ।
चार जनामध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जना फरार रहेको पोखरेलले बताए ।