एकाबिहानै मन्त्री भने – निरन्तर योगा गरौ
बिर्तामोड । झापाको बिर्तामोडमा सात दिने योग शिबिर शुरु भएको छ ।
प्रदेस १ सरकारले थालेको स्वस्थ्य जीवन प्रवर्द्धन अभियान अन्तर्गत पहिलो दिन योग गराइएको छ । ५ औ अन्तरास्ट्रिय योग दिवसका अवसरमा शुरु भएको योग शिविरमा जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि सहभागी भएका छ्न ।
प्रदेसका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले स्वस्थ्य जीवनका लागि योग अनिवार्य भएको बताउदै शिविरमा सिकेको योगा निरन्त गर्न आग्रह गर्नुभयो । उहाँले मानव जीवनको दैनिकी नै समस्याग्रस्त बन्दै गएकाले अब स्वास्थ्यमा ख्याल नगरे थप समस्या हुने बताउनु भयो । उहाँले स्वस्थ्य रहन स्वास्थ्यको ख्याल गर्ने पर्ने बताउनु भएको छ । प्रदेश सरकारको अभियान प्रदेसको सबै जिल्ला पुर्याउने उहाँको भनाइ छ ।
एक घर, पाँच योग,पाँच जडिबुटी अभियानको नारा रहेको छ । नसर्ने रोगका कारण मानव स्वास्थ्य जटिल भएको भन्दै यो अभियान थालिएको हो । आज बिहान योगा,बिर्तामोड सरसफाइ र अभियानको शुभारम्भ कार्यक्रम गरिने छ ।