बुद्धशान्तिमा पनि डेंगु
अनिल वाग्ले
बुधबारे । झापाको बुद्धशान्तिमा पनि एक जना डेंगुको विरामी भेटिएको छ । विभिन्न ठाउँमा डेंगु संक्रमित भेटिइरहेका बेला झापाको बुद्धशान्ति वडा नम्बर–६ मा पनि डेंगुको विरामी भेटिएको हो ।

बुद्धशान्ति–६ स्थित ठुटेबर क्षेत्रका ३५ वर्षीय पुरुषलाई सामान्य स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याउँदा डाक्टरले डेंगु भएको पुष्टि गरेको हो ।
ती विरामी यतिवेला झापाको विर्तामोडमा रहेको मनमोहन अस्पतालमा उपचाररत् छन् । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।