कनकाईमा किशोरीलाई आत्मरक्षा तालिम
कनकाई । पछिल्लो समय किशोरीहरुमा महिला हिंसा र बलात्कारका घटना बढ्न थालेपछि झापा कनकाई नगरपालिकाका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद नेपालको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रका १५ बर्षदेखि माथिका किशोरी तथा एकल महिलाहरुका लागि दुर्गापुरमा एक हप्ते आत्मरक्षा तालिमको आयोजना गरिएको हो । तालिममा कनकाई नगरपालिकाका ९ वटै वार्डका एक सय जना किशोरी तथा एकल महिलाको सहभागिता रहेको छ ।
तालिममा सहभागिलाई केआईएफ कुरोदय मार्शल आर्टस नामक संस्थाले बलात्कारबाट बच्न अपनाउनुपर्ने तरिका र उपायका बारेमा प्रशिक्षण दिइने मुख्य प्रशिक्षक प्रकाश बस्नेतले बताए । तालिमपछि किशोरीहरुमा आत्मवल बढ्ने तथा बलात्कार तथा महिला हिसां हुँदा तत्काल र पछि पनि अपनाउनुपर्ने तरिका र कानुनी उपचारका बारेमा समेत सचेतना बढ्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।
तालिमपछि नगरमा महिला हिसांका घटनामा कमि आउने नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले बताइन् । तालिममा सिकेका शीपलाई किशोरीले गाउँमा गएर समेत अन्य सहकर्मीमा बाढ्ने वार्ड नम्बर ४ का वडाध्यक्ष गोविन्द पौड्यालले जानकारी दिए ।