बैशाख २३, २०८२ मंगलबार

दुई सयको नोट नेपालमा नचल्ने

काठमाडौं । सरकारले २ सय रुपैयाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।


मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् ।


त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यस्ता ऋण सरकारले तिरिदिने उनले बताए ।

प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]