बैशाख २३, २०८२ मंगलबार

कोपा अमेरिका : सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वार्टरफाइलमा भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । गएराति अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र जिओभानी लो सेल्सोले एक–एक गोल गरेका थिए ।


१० औं मिनेटमा सर्जियो अग्युरोको पासलाई सदुपयोग गर्दै लौटारो मार्टिनेजले गोल गरेका थिए । अर्जे्न्टिनाभन्दा राम्रो फुटबल खेलेको भेनेजुएला सुरुमै गोल खाएपछि दबाबमा आयो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । दोस्रो गोलमा पनि अग्युरोको भूमिका रहेको थियो । ७४ औं मिनेटमा सेल्सोले गोल थपेपछि अर्जे्न्टिना २–०ले अघि बढेको थियो ।


त्यसपछि थप गोल नभएपछि अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गर्न ब्राजिलसँगको भेट पक्का गरेको हो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी पूरै ९० मिनेट नै मैदानमा रहे पनि गोल गर्न सकेनन् ।

प्रकाशित मिति : असार १४, २०७६ शनिबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]