असार ७, २०८२ शनिबार

पेट्रोल बोकेको गाडी विस्फोट हुँदा ५० को मृत्यु

एजेन्सी । नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जनाएको छ ।


पेट्रोल गाडी सडकमा पल्टिएपछि यसबाट चुहेको इन्धनलाई जम्मा गर्न सडकमा भेला भएका नागरिकहरूको दुर्घटनामा मृत्यु भएको बताइएको छ । ट्रक बेनु राज्यको ओहुम्बे गाउँमा दुर्घटनाग्रस्त भएको थियो ।

सडक सुरक्षामामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबाले घटनाको पुष्टि गर्दै भने, ‘हामीले ५० मृत शरीरलाई घटनास्थलबाट निकालेका छौँ भने कम्तीमा १ सय घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।’ अधिकांशका शरीरका भागहरू जलेका र मृतकको संख्या बढ्नसक्ने अस्पताल स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

मृतकमध्ये एक गर्भवती महिला र कम्तीमा दुईजना बालबालिका छन् । अधिकारीका अनुसार घटनास्थल नजिकैबाट एउटा बस पार हुने क्रममा बसको इन्जिनबाट निस्केको आगोका झिल्काका कारण आगलागी भएको हो । घटनामा एउटा सडक छेउमा रहेको घर पनि जलेको थियो ।

प्रकाशित मिति : असार १८, २०७६ बुधबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]