बैशाख २४, २०८२ बुधबार

लक्ष्मीपुरमा जैविक विषादी बनाउने तालिम

लक्ष्मीपुर । झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित बिहीवारेको समुदायिक भवनमा विषादी न्युनिकरण सम्बन्धी एकदिने जैविक विषादी बनाउने तालिम सम्पन्न भएको छ ।


अर्जुनधारा नगरपालिका कृषि विकास शाखाको आयोजनामा शुक्रवार तालिम आयोजना भएको हो । कृषि विकास शाखाकी प्राविधिक मिना अधिकारी तथा कृषि प्राविधिक जेटिए कन्चना घिमिरेले उपस्थित विभिन्न कृषिसँग सम्बन्धित वडाका संघसंस्था तथा समुहलाई जैविक विषादी घरेलु उत्पादन सम्बन्धि जानकारी दिएका थिए ।


उनीहरुले कृषि शाखासँग आवद्ध नभएका समुहहरुलाई आवद्ध हुन आग्रह गरे । विषादीरहित स्वास्थ्य खाना खाने र दीर्घजीवन जिउने बारेमा स्थानीय समुहका प्रतिनिधिलाई जानकारीसहित जैविक विषादी तयार पार्ने सामग्री उपलब्ध गराएका थिए ।


नमुना कृषि समुहका अध्यक्ष छविलाल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ की जनप्रतिनिधि देवी घिमिरे ‘सकुन्तला’ को प्रमुख आतिथ्यता रहेको थियो । पाण्डप बचत तथा ऋण सहकारीका अध्यक्ष अर्जुन रेग्मी र चाँदनी कृषि समुहका अध्यक्ष गणेश कार्कीको विशेष आतिथ्यता रहेको थियो ।


कार्यक्रममा नमुना कृषि समुहका प्रतिनिधि, चाँदनी कृषि समुहका प्रतिनिधि, पाण्डप आइपिएमका प्रतिनिधि, बस्तु तथा सेवा उपभोक्ता संघ झापाका प्रतिनिधि र सिर्जनशिल महिला समुहका प्रतिनिधिसहित करिव ७० जनाको कृषकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]