एसईईको ग्रेडवृद्धि परीक्षा सर्यो
काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका परिवर्तन भएको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा आउँदो भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले सूचना निकालेर भदौ १ गतेदेखि परीक्षा हुने जनाएको हो । २०७५ साल चैत महिनामा भएको कक्षा १० को परीक्षामा नियमित समूहबाट परीक्षा दिएर सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धिको लागि परीक्षामा सहभागी हुन सक्नेछन् । तर दुई विषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका विद्यार्थी भने यो परीक्षामा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ ।
ग्रेडवृद्धि परीक्षा फारम राष्ट्रि«य परीक्षा बोर्डको वेभसाइट www.neb.gov.np वा १० कक्षाको परीक्षा नियन्त्रण कार्यालयको वेभसाइट www.see.gov.np बाट डाउनलोड गर्न सकिनेछ । फारम डाउनलोड गरेर साउन १० गतेभित्र पाँच सय रुपैयाँ राजश्वसहित विद्यालय मार्फत प्रवेश पत्र तथा ग्रेड सिटको प्रतिलिपीसहित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्नेछ । भदौ १ गतेदेखि हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।