बैशाख २३, २०८२ मंगलबार

अर्जे्न्टिना तेस्रो, मेस्सीलाई रेडकार्ड


एजेन्सी । लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका
मेस्सीले चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेस्सीको १४ वर्षयताकै पहिलो हो ।

निकै तनावपूर्ण तेस्रो स्थानको प्लेअफमाअर्जे्न्टिना ले चिलीलाई २–१ ले हरायो । खेलको १२औं मिनेटमा मेस्सीको पासमा सर्जियो अगुएरोले गोल गर्दै अर्र्जेन्टिनालाई अग्रता दिलाए । २२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

३७औं मिनेटमा मेस्सी र मेडल दुबैले रातो कार्ड पाए । पहिलो हाफमा अर्जे्न्टिनाले २–० को अग्रता लिएको थियो । ५९औं मिनेटमा अर्टुरो भिडलले पेनाल्टीमार्फत गोल गर्दै चिलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, थप गोल हुन नसक्दा डिफेन्डिङ च्याम्पियन चिली पराजित हुन पुग्यो ।
कोपा अमेरिकाको उपाधिका लागि भने आयोजक ब्राजिल र पेरुबीच नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : असार २२, २०७६ आईतबार  १० : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]