बैशाख २३, २०८२ मंगलबार

काँकरभिट्टा फुटबल ट्रेनिङ च्याम्पियन

मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ मेचीनगर ५ मा जारी अन्तर क्लब फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।


क्षितिज युवा क्लब मेचीनगर ५ को आयोजनामा सोमवार सम्पन्न फाइनल खेलमा गाडागल्ली फुटबल क्लबलाई २–१ को गोल अन्तरले हराउँदै फाइनलको उपाधी जितेको हो । उपाधीसँगै काँकरभिट्टाले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्ता गरेको छ ।

उपविजेता बनेको गाडागल्लीले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी काँकरभिट्टाका मिलन राई, सर्वाधिक गोलकर्ता गाडागल्लीका विक्रम राई र खेलको म्यान अफ द म्याच काँकरभिट्टाका योगेश गुरुङ भए ।

उनीहरुले डम्बर रञ्जितकारले सौजन्य गरेको जनही नगद नगद दुई र ट्रफी प्राप्त गरे । प्रतियोगिताका विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष योगन थापा, मुख्य प्रायोजक विकास लावती, आयोजकका अध्यक्ष सन्तोष गिरी, वडा सदस्य नारायण खड्का, समाजसेवी दिलिप सुब्बालगायतलो पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : असार २३, २०७६ सोमबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]