जन्मदिनको खर्चले विद्यार्थीलाई स्कुल पोसाक
बुधबारे । बुधबारे जेसीजका कोषाध्यक्ष जेसी कृष्ण ढकालले आप्mनो जन्मदिनको अवसरलाई सेवाभावमा समर्पित गरेका छन् । जन्मदिन अधिकाशं व्यक्तिको बर्षेनी आउँछ तर उनको जन्मदिन प्रत्येक वर्ष आउँदैन किनकी उनको जन्मदिन जेठ ३२ गते पर्छ ।

यसपटक उनको जन्मदिन आयो तर विविध कारणले मनाउन पाएनन् । तर पनि जन्मदिन मनाउन लाग्ने फजुल खर्च भने उनले जोगाएर नमुना आधारभूत विद्यालय बुद्धशान्ति–१ का विपन्न जेहेन्दार २१ विद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराए । सोमबार एक कार्यक्रमका बिच उनले सो लत्ताकपडा विद्यालय परिवारलाई हस्तान्तरण गरे ।