मोवाईल छुँदा करेन्ट लागेर बालकको मृत्यु
गौरीगञ्ज । चार्जमा राखेको मोवाईल छुँदा करेन्ट लागेर गौरादह–८ दामाबारीमा एक बालकको मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह–८ जुरोपानी दामाबारी चोकस्थित मामाघर बस्दै आएका ६ बर्षीय रोशन महतोको आज विहान करेन्ट लागेर मृत्यु भएको हो ।
रतुवामाई १ का गोल्छा महतोका छोरा–६ बर्षीय रोशन महतो गौरादह ८ दामाबारी स्थित मामा संजित महतोको घरमा बसेर स्थानीय ज्ञानोदय माबिमा कक्षा एलकेजीमा अध्ययनरत थिए ।
मोबाईल चार्जमा राखिएको बेला भिजेको हातले छुँदा करेन्ट लागेको कुरा पारिवारिक स्रोतले जनाएको छ । घटनास्थलको मुचुल्का बनाई बालकको सबलाई पोस्टमार्टमका लागि दमक लैजाने तयारी गरिएको कुरा इप्रका गौरीगञ्जले जनाएको छ ।