बैशाख २३, २०८२ मंगलबार

मलेसियामाथि नेपालको जित

काठमाडौं । पहिलो टी–२० मा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । यससँगै दुई म्याचको सिरिजमा नेपाल १–० ले अगाडि रह्यो ।


किनरारा ओभलमा मलेसियाले प्रस्तुत गरेको १२९ रनको लक्ष्य नेपालले ९ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । पारस खड्का र प्रदिप ऐरी ओपनिङमा आएका थिए तर, प्रदिप सस्तैमा आउट भए । ज्ञानेन्द्र मल्ल ७ र रोहितकुमार पौडेल मात्र ५ रनमा आउट भए तर कप्तान खड्काले कप्तानी इनिङ खेले ।


उनले मात्र ५० बलमा ड चौका र ५ छक्काको मदतमा अविजित ८६ रन बनाए । चोथो विकेटका लागि उनले शरद भेषावकरसँग ६१ रनको साझेदारी गरे । शरद भेषावकर १६ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । उसका भिरनदिप सिंहले ५७ रन बनाए भने अहमेद फैजले ४५ रन जोडे । दुबैले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।


अरु ब्याट्सम्यान चल्न सकेनन् । उसका पाँच ब्याट्सक्यान त शुन्यमै आउट भएका थिए । मलेसियालाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ र समेपाल कामीले १ विकेट आफ्नो नाममा लेखाए ।

प्रकाशित मिति : असार २८, २०७६ शनिबार  २ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]