बैशाख २३, २०८२ मंगलबार

बिश्वकप क्रिकेटको फाइलन खेलको टिकट अत्यन्त महंगो

लण्डन । भोली हुने बिश्वकप क्रिकेटको फाइलन खेलको टिकट अत्यन्तं महंगो भएको छ । इङ्ल्यान्ड र न्युजिल्यान्डबीच एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि भोलि लण्डनमा फाइनल खेल हुँदै छ । उपाधिका लागि आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै छन् ।


राउण्ड रोविन लिग र त्यसपछि सेमिफाइनल चरणको खेलमा सशक्त प्रदर्शन गर्दै फाइनलमा पुगेका यी दुई टोलीबीचको खेल रोमाञ्चक हुने अपेक्षा क्रिकेट समर्थकहरूले गरेका छन् । त्यसैले भोलि साझ ऐतिहासिक लर्ड्स मैदानमा हुने फाइनल खेलको टिकटको मूल्य पनि आकासिएको छ ।


अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएअनुसार फाइनल खेलको टिकट मूल्य १६ हजार पाउण्डसम्ममा पुनः बिक्री भइरहेका छन् । प्रतियोगिताको फाइनल खेल हेर्न यसअघि नै बिक्री भएका टिकटहरू पुनः विभिन्न माध्यमबाट महङ्गो मूल्यमा बिक्री भइरहेको हो । प्रतियोगिताको नियमनकारी निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले फाइनल खेलको टिकट पुनः खरिद बिक्रि भइरहेको र त्यो निकै महंगो देखिएको जनाएको छ ।


आईसीसीले अनाधिकृत रुपमा यसरी बिक्री भएका टिकटहरू रद्ध गर्ने चेतावनीसमेत दिएको छ । आईसीसीले प्रतियोगिताको फाइनल खेल हेर्न यसअघि नै खरिद गरेको टिकट बेच्न चाहने दर्शकका लागि छुट्टै व्यवस्था गरेको छ । त्यस्ता आधिकारिक बिक्री केन्द्रभन्दा अन्य ठाउँबाट खरिदबिक्री भएका टिकट रद्ध गरिने आईसीसीले जनाएको हो ।


आईसीसीले अनाधिकृत विभिन्न साइटहरूले आफूखुसी मूल्य तोकेर टिकट बिक्री गर्ने गरेको जनाएको छ । आईसीसीले त्यस्ता साइटहरूले टिकटको खास मूल्यमा ५० गुणा बढाएर बिक्री गरेको पाइएको जनाएको छ ।

प्रकाशित मिति : असार २८, २०७६ शनिबार  ५ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]