बैशाख २७, २०८२ शनिबार

मौसमविद् भन्छन् – पानी पर्ने क्रम घट्दैछ

विर्तामोड । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिण भेगमा सर्दै सीमा क्षेत्रमा पुगेकोले मनसुन विस्तारै कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


मंगलबारदेखि विस्तारै कम पानी पर्न थाल्ने मौसमविद्ले अनुमान गरेका छन् । मनसुनी न्यूनचापीय रेखा दक्षिणतिर सर्दै गरेकाले अब हिजोअस्तिकोभन्दा कम पानी पर्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।


मंगलबार दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । पहाडी क्षेत्र र तराईका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
अब पानी पर्दा दिउँसोको तुलनामा राति धेरै पानी पर्ने मौसमविद्को अनुमान छ । दिउँसो जलवाष्पयुक्त हावा सञ्चित हुने र राति पानी पर्ने मौसमविद्हरु बताउँछन् ।


बुधबार बंगालको खाडीमा बन्न लागेको न्यूनचापीय क्षेत्रको प्रभावले मध्य र पश्चिममा पानी पर्ने क्रम घट्दै जाने मौसमविद्को अनुमान छ । पूर्वमा भने अझै केही दिन पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार  १२ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]