कनकाईमा शंकास्पद् वस्तु राख्ने चार जना कारागार चलान
बिर्तामोड । गत बैशाख २९ गते कनकाई पुलमा शंकास्पद वस्तु राख्ने व्यक्तिहरुलाई कारागार चलान गरिएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय झापाको विशेष अपरेशनले उनीहरुलाई झापा र सुनसरीको विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।

पक्राउ परेका मध्ये एक जना तारेखमा छुटेका छन् भने बाँकी सबै पूर्पक्षका लागि कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतको फैसलाले उनीहरुलाई कारगार पठाइएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
झापा कन्काई नगरपालिका –४ स्थित कन्काई माई नदीको पुलमा रहेको डिभाइडरमा शंकास्पद बस्तु (प्रेसर कुकर) राख्ने दमक नगरपालिका वडा नं. १ वस्ने वर्ष ४२ को संजय खरेल भन्ने खगेन्द्र खरेल, जिल्ला संखुवासभा खादबारी न.पा. वडा नं. ८ हिंगुवा घर भई हाल जिल्ला मोरङ सुन्दर हरैचा न.पा. वडा ७ दुलारी बस्ने वर्ष २१ को कमल कोइराला भन्ने लालमणी कर्णखर कोइराला र उर्लाबारी न.पा. वडा नं. १ झारसादी टोल वस्ने वर्ष १९ को मनिष माझीलाई पुर्पक्षको लागि जिल्ला कारागार भद्रपुर चलान गरिएको छ ।
शिवसताक्षी न.पा. वडा नं. १० सैनिक बस्ती वर्ष ६४ को चौहान साईला भन्ने रामचन्द्र चौहानलाई डेढ लाख धरौटी रकम तिर्न नसकेपछि उनलाई समेत कारागार चलान गरिएको प्रहरीको भनाई छ ।
हल्दीबारी गाउँपालिका वडा नं. ७ भुल्का बस्ने वर्ष २७ को दिपेश न्यौपानेले एक लाख धरौटी रकम बुझाई हाल तारेखमा छुटेको श्रेष्ठको भनाई छ ।