प्रहरीको सूचनामा छैन सुर्ति कारोवारीको नाम
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले अवैध रुपमा नेपाल भित्र्याइएको ३ सय केजी सुर्ति बरामद् गरेको छ ।

प्रहरीले मेचीनगर – ६ नकलबन्दास्थित लुकाइछिपाइ सुर्ति राखेको गोप्य सूचनाको आधारमा अन्दाजी ३ लाख रुपैयाँको सुर्ति बरामद् गरेको प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रहरी कायालय झापाबाट प्रहरी सहायक निरीक्षक टेकेन्द्र सेन्ताङको कमाण्डमा खटिएको प्रहरी टोलिले बरामद् गरेको सुर्ति भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको श्रेष्ठले जनाएका छन् । ३ लाखको सुर्ति बरामद् गरेपनि प्रहरीले पठाएको सूचनामा सुर्ति कसले ल्याएको भन्ने खुलाएको छैन ।