स्थापना दिवसमा अनेरास्ववियूको बृक्षरोपण
गौरादह । स्थापनाको पहिलो वर्षमा अनेरास्ववियूले बृक्षरोपण गरेको छ । गौरादह कृषि क्याम्पस कमिटीको स्थापना दिवसका अवसरमा बृक्षरोपण गरिएको अनेरास्ववियूका नेता समर्पण खतिवडाले जानकारी दिए ।

०७५ साउन ३ गते गौरादह कृषि क्याम्पसमा अनेरास्ववियू कमिटी गठन भएको थियो । स्थापना दिवसलाई विधार्थीले बृक्षरोपण कार्यक्रम गर्दै मनाएका छन् । उनीहरुले विभिन्न फलफूलहरुका बृक्ष रोपेका छन् ।
कार्यक्रम संविधानसभा सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यता तथा अनेरास्ववियू सचिवालय सदस्य डम्बर अधिकारीको विशेष अथिति , नेकपा जिल्ला झापा सचिवालय सदस्य तथा क्षेत्र नं.५ संयोजक मदन अधिकारी , स्ववियु सभापति कमल पौडेल , अनेरास्ववियू झापा उपाध्यक्ष समर्पण खतिवडा आदिको उपस्थितिमा सम्पन्न भएको हो ।