बिर्तामोडमा बन्दको मुद्दा गलत
झापाको व्यापारिक केन्द्र विर्तामोडमा यतिवेला बजार बन्दको बहस तातेको छ । साप्ताहिक रुपमा सोमवार बन्द हुँदै आएको विर्तामोडमा शनिवार बन्द गर्ने विषयले प्रवेश पाएको छ । २० वर्षअघि आइतवार बन्द हुने गरेको विर्तामोड त्यसपछि सोमवार बन्द भयो । निरन्तर रुपमा विर्तामोड बजार वर्षौदेखि सोमवार साप्ताहिक रुपमा बन्द भइरहेको छ । फेरि यहाँका व्यवसायीले सोमवार भन्दा शनिवार बन्द गर्न उपयुक्त हुने धारणा बलियोसँग राखिरहेका छन् । उनीहरुको तर्क शनिवारका लागि शतप्रतिशत ठिक छ ।
सोमवार सरकारी विदा होइन । सबै क्षेत्र खुल्ला रहँदा बजार बन्द गर्ने विषय जायज छैन । सोमवारका दिन विर्तामोड बजार बन्द गर्दा किनमेलमा आम नागरिकलाई समस्या भइरहेको छ । सोमवारका दिन बन्द गर्दा व्यापारीलाई अहिलेसम्म ठिकै भएको होला, तर आम उपभोक्ताका लागि सोमवारको बन्दले फाइदा पु¥याएको छैन । यहाँका व्यवसायीको हितमा शनिवारको बन्द उचित छ । सोमबारको बन्दले व्यापारीलाई मात्र फाइदा पुग्छ । व्यापारीको मात्र फाइदा हेरेर हुँदैन । उपभोक्ता र व्यवसायीलाई शनिवार नै उपयुक्त छ ।
बिर्तामोड झापाको बजार मात्र होइन । यो पूर्व क्षेत्रको ठुलो बजार हो । शनिवार सरकारी विदाले सबै संघ संस्था, कार्यालय, वित्तिय संस्था, ठुला व्यवसायीले कारोवार बन्द गरेका हुन्छन् । बजारमा आवश्यक क्षेत्र नै शनिवार बन्द भएपछि साना खुद्रा व्यवसायीले मात्र सोवार धानेर हुँदैन । जहाँसम्म शनिवारको बन्दले यहाँका सेवाग्राही भारतीय बजार जान्छन्, यहाँको बजार घट्छ भन्ने तर्क छ त्यो पूर्ण रुपमा ठिक छैन । सोमवारको बन्दमा पनि यहाँका उपभोक्ता भारतीय बजार जान्छन् । त्यतिमात्र होइन, नजिकैको भारतीय बजारमा हरेक दिन नेपालीको भीड लाग्छ । विर्तामोड खुल्ला भएपनि बन्द भएपनि कुनै अर्थ राख्दैन । यो मामिलाले यहाँका व्यवसायीलाई दुईधारमा पु¥याएको छ । यो बजारको उन्नतिमा समस्या बन्दैछ । यसैले बेलैमा यसको निराकरण खोजौं । साप्ताहिक रुपमा एक दिन बन्द अनावश्यक होइन, तर सोमवार नै हुनुपर्छ भन्ने तर्क असान्दर्भिक छ । सकभर, एकदिन पनि बजार बन्द नगरौं ।