मेसीलाई १५०० डलर जरिवाना
एजेन्सी । प्रायः आफ्नो फुटबल करिअरमा सँधै शान्त रहने मेसी केहि साता अघि सम्पन्न भएको कोपा अमेरिका फुटबलमा एकाएक आक्रामक बने । कारण थियो, आफ्नो फुटबल जिवनको दोस्रो रातो कार्ड र त्यसअघि ब्राजिलविरुद्ध सेमिफाइनल। जहाँ मेसीले करिअरकै तनावपुर्ण अभिब्यक्ति दिए ।

कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई रातो कार्ड देखाइएको थियो । उनले उक्त खेलपछि दक्षिण अमेरिकी फुटबल भ्रस्टचारको सिकार भएको आरोप लगाए । उक्त अभिब्यक्ति पछि विश्व फुटबलनै दुई खेमामा विभाजित भएको थियो ।
कतिपयले मेसीले विना आधार नबोल्ने भन्दै उनको सपोर्ट गरेका थिए भने कतिले मेसीले लज्जास्पद टिप्पणी गरेको भनेका थिए । सोहि अभिब्यक्ति र रातो कार्डका लागि मेसीलाई दक्षिण अमेरिकन फुटबल संघले एक खेल र १५०० डलर जरिवाना गर्ने निर्णय गरेको छ ।
मेसीले खेलपछि प्रतियोगिता जित्ने टिम पहिले नै तय भएको भन्दै ब्राजिलले प्रतियोगिता जित्ने बताएका थिए । ब्राजिलले सेमिफाइनलमा अर्जेन्टिनालाई पराजित गरेको थियो । मेसीले दक्षिण अमेरिकन फुटबल संघ लाई भ्रस्टचारमा डुबेको भनेपछि उनीमाथि तीनवर्ष सम्म प्रतिबन्ध लाग्न सक्ने जनाइएको थियो ।
मेसीले खेलपछि अवार्ड समारोहमा अवार्ड लिनपनि अस्वीकार गरेका थिए । संघले मेसीको भनाई अस्विकार्य भएको भनेपनि कडा प्रतिबन्ध लगाउन भने सकेन् । मेसीले यो प्रतिबन्ध २०२२ को विश्वकप छनोटको दौरान एक खेलमा झेल्नु पर्ने छ ।