झापा क्षेत्र नं.४ मा विकासको छलाङ : सांसद साँवाको कामले जनता खुशी
विर्तामोड । झापाबाट निर्वाचित संघीय सांसद एलपी साँवाले निर्वाचन क्षेत्रका जनतालाई खुशी पारेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा गरेको विकास निर्माण र नयाँ आयोजनाका कारण सो क्षेत्रका जनता खुशी भएको बताएका छन् । उनले निर्वाचनको मैदानमा आम मददातासँग गरेको बाचा पुरा गरिरहेको सो निर्वाचन क्षेत्र जनताले प्रतिक्रिया दिएका छन् ।

उनले निर्वाचनको मैदानमा आम मददातासँग गरेको बाचा पुरा गरिरहेको सो निर्वाचन क्षेत्र जनताले प्रतिक्रिया दिएका छन् ।

विकासमा उनले गाउँमा कल्भर्ट देखि मुख्य सडक निर्माणसम्म गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका विधालयको भौतिक पुर्वाधार निर्माण देखि ल्याबसम्म बनाउन आर्थिक सहयोग जुटाएका छन् । गाउँगाउँमा पुल, गाउँगाउँमा बाटोे निर्माण गरेका सांसद् साँवाले दक्षिण सिमा भारत जोड्न नेपाली सडकको स्तरोन्नति समेत गरेका छन् । उनैको पहल र क्षेत्र विकास कोषको लगानीमा झापा क्षेत्र नं. ४ विकासमा अघि बढिरहेको स्वकीय सचिव सिकिन पासवालले जानकारी दिए ।
यसअघिका निर्वाचनमा जितेका सांसद्ले निर्माण गर्न नसकेका पुल, सडक र अन्य विकास निर्माण सांसद साँवाले पुरा गरिरहेका छन् । भौतिक पूर्वाधारको समस्याले अब झापा ४ का जनताले सास्ती व्यहोर्ने दिन सकिएको साँवाको भनाई छ । उनले ४ दर्जन आयोजना सकेका छन् ।

१ करोडमा सूचना प्रविधि प्रयोगशाला
सांसद साँवाको पहलमा झापा ४ का ४ वटा विधालयमा सूचना प्रविधि प्रयोगशाला निर्माणको सम्झौता गरिएको छ । सो कम्प्यूटर ल्याव निर्माणका लागि उनले सूचना तथा सञ्चार मन्त्रालयको नेपाल दुर सञ्चार प्राधिकरणबाट ४ वटा सामुदायिक विधालयका लागि १ करोड व्यवस्था गरिएको थियो । सोहि अनुसार सांसद् साँवाले कनकाई ७ मा रहेको भृकुटी मावि,शिवसताक्षी १ को लक्ष्मी नारायण मावि, गौरादह ९ को अमर मावि र झापा गाउँपालिकाको जनकल्याण माविलाई २५ लाखका दरले कम्प्यूटर ल्याव स्थापनाका लागि बजेट विनियोजन गरेका थिए ।
३।३ करोडका ३ तिन सडक
माननीय सांसद साँवाको पहलमा तिन वटा सडक निर्माणका लागि ९ करोड बजेट विनियोजन भएको छ । तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत आ.व.०७५/७६ को योजनामा परेको सडकका लागि १/१ करोड छुटिएको बजेटमा अर्थ मन्त्रालयबाट २/२ करोड थप गराएको साँवाले जानकारी दिए ।
उनले सो रकम शरणामति खालिङ्ग चोक देखि जंगे पिलरसम्म जाने सडक, सताक्षीधाम झिलझिले, लालझोडा, हवल्दार चोक, जनता चोक, देवीगडा चौरी हुदै होकलबाडी जाने सडक र सुरुङ्गा, शरणामति, झापा बजार , लसुना हुदैं डिगल बैंकसम्म जोढ्ने सडकमा खर्च भएको छ । उनका अनुसार लामो समय देखि त्यहाँका नागरिक सडकको समस्या व्यहोर्दै आएका थिए । अब, सडक निर्माणसँगै बाटोको समस्या समाधान भएको छ । यी सडक झापा गाउँपालिका,शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भित्र पर्दछन् ।

तराई मधेश कार्यक्रम
सांसद् साँवाको विशेष पहलमा तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम मार्फत ३ करोड थप भएको छ । सो रकममा ३ प्रमुख आयोजना समेत निर्माण भएको छ । सतासीधाम मन्दिर–झिलझिले हुँदैं – जनता चौक–विष्णु चौक–चौरी हुँदै होकलावाडी–इण्डिया बोर्डर सडक , सुरुङादेखि शरणामति हुँदै– लसुना–डिगल बैंक– विहार वोर्डर सडक र शरणामित खालिङ चौक देखि ९ किमि–जंगे पिलरसम्म कालोपत्र सडक सावाँकै पहलमा बनेका छन् ।
सामुहिक आवास
नेकपाका नेता एवम् प्रतिनिधिसभा सदस्य साँवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई मधेश समृद्धि कार्यक्रममा ३ वटा योजना छनोट भई निर्माणको चरणमा छन् । यि आयोजना निर्माणको अन्तिम चरणमा रहेको स्वकीय सचिव सिकिन पासवानले जानकारी दिए । झापा गापाको २० लाख र केन्द्रको अनुदान २ करोड लागतमा सानो माई नदीमा कज्वे निर्माण हुँदैछ ।

यस्तै, झापा–२ मा स्थानीय तहको लागत १२ लाख ५० हजार र केन्द्रको अनुदान १ करोड २५ लाखमा सन्थाल जातिका लागि एकीकृत आवास निर्माण सम्झौता भई काम अघि बढिसकेको छ । सोहि कार्यक्रम अन्तर्गत गौरीगञ्ज–२ मा सामुहिक आवास निर्माण भएको छ । केन्द्रको ४५ लाख र स्थानीय तहको ४ लाख ५० हजार बजेटमा आवास निर्माण भइरहेको छ ।
विकास कोषबाट १५ योजना सम्पन्न
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम(क्षेत्र विकास कोष)बाट सांसद् सावाले ४ करोडमा १५ ओजना सम्पन्न गरेका छन् । केहि योजना निर्माणको चरणमा रहेको बताइएको छ । झापा क्षेत्र नं. ४ मा उनले ५ वटा स्थानीय तहलाई कोषको बजेटबाट विकास योजना बाँढेका छन् । ति योजनाले निर्वाचन क्षेत्र भित्रका विकास निर्माणलाई माथि उठाएको छ । स्थानीय नागरिकले साँवाको विकास योजनाले झापा– ४ समृद्धिको बाटोमा अघि बढेको जानकारी दिएका छन् ।
शिवसताक्षीमा ८ वटा, गौरीगञ्ज २ वटा, गौरादह १, झापा १ र कनकाइमा ३ वटा विकास कार्यक्रम नागरिकको विचमा पु¥याएको सांसद् सावाँले जानकारी दिए । उनका अनुसार गाउँमा कल्भर्ट निर्माण देखि पुल पुलेसा, विधालयका भवन निर्माण, नदीमा तटबन्धन, सडकमा गा्रभेलको स्तरोन्नति,ग्राभेल निर्माण, कज्वे पुल निर्माण, कृषि उपज संकलन केन्द्रमा ट्रष्ट निर्माण गरिएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा विकासलाई पहिलो प्राथमिकता राखेका साँवाले आम नागरिकलाई सांसद्को तहबाट सम्भव भएका धेरै कार्यक्रम , विकास योजना ल्याई काम गरिरहेका छन् ।