कनकाईमा करेन्ट लागेर किस्कुको मृत्यू

बिर्तामोड । पानी तान्ने मोटरबाट करेन्ट लागेर एक युवक मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–२, सेल्फीडाँडाका १९ वर्षीय सोम किस्कु रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
सोमबार बिहान सोही गाउँका टेकनारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्न जाँदा खेतमा जमेको पानीलाई मोटर लगाएर तान्ने क्रममा विद्युतको नाङ्गो तार छुँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते किस्कुको उपचारको क्रममा बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा मृत्यु भएको हो ।