बैशाख २४, २०८२ बुधबार

पार्टी चलिरहेको ठाउँमा मेस्सीमाथि ‘आक्रमण’ !

एजेन्सी । स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीमाथि आक्रमण प्रयास भएको छ । स्पेनको इबिजामा एक पार्टीमा सहभागी भएका मेस्सीलाई पार्टी चलिरहेकै बेला अपरिचित व्यक्तिबाट आक्रमण भएको हो ।


अहिले मेस्सीमाथि आक्रमण भएको भिडियो फुटेज सामाजिक सन्जालमा भाइरल भइरहेको छ । यो घटना आइतबारको हो । मेस्सी प्रि–सिजनका लागि बिदा मनाएर बार्सिलोना फर्किएपछि परिवारसहित सो पार्टीमा सहभागी हुन इबिजा पुगेका थिए ।


भिडियोमा मेस्सीमाथि आक्रण प्रयास भएपछि ४–५ जना सुरक्षा गार्डले मेस्सीलाई घेरा हाली सुरक्षा दिएर पार्टी हलबाट निकालेको देख्न देखिन्छ । आक्रमण गर्नेको पहिचान भइसकेको छैन ।
सो घटनाअघि सामाजिक सन्जालमा मेस्सी, स्वारेज, जोर्डी अल्बा, फेब्रीगासको परिवारसहितको सामूहिक तस्बिर बाहिरिएको थियो । घटना त्यसपछिको भएको बताइएको छ ।


मेस्सी अन्तर्राष्ट्रिय ड्युटीपछि बिदा मनाएर ३ दिनअघि मात्रै बार्सिलोना फर्किएका थिए । उनी हालसम्म प्रशिक्षणमा फर्किएका छैनन् ।

प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार  १ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]