झापा आएर खनालले भने – स्कुल बिभागमा म पनि योग्य छु, मिडियाले विवाद झिके
बिर्तामोड । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको स्कुल बिभागका बारेमा मिडियाले बिबाद झिकेको आरोप लगाएका छन् ।
प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीभित्र स्कुल बिभागको सन्दर्भमा कुनै बिबाद नरहेको बताए । मिडियाले स्कुल बिभागलाई विवाद भन्दै प्रचार गरे,खनालले भने – तपाई झापाली पत्रकार साथीहरु कान ठाडो बनाएर सुनिरहनु भएको छ ।
नेकपाका बरिस्ठ नेता खनालले स्कुल बिभागका लागि ईश्वर पोखरेल,नारायण काजी र झलनाथ खनाल समेत योग्य रहेको बताएका छन् । उनले स्कुल बिभागका बारेमा भ्रममा नपर्न आग्रह गरेका छन् । खनालने समेत सो बिभागमा आकङ्क्षा राखेको संकेत गरेका छन् ।
नेता खनालले तीन तहकै सरकारको प्राथमिकतामा देशको समृद्धि रहेको बताएका छन् । उनले तीन तहको सरकार बिकासको मार्गमा रहेको जिकिर गरे ।