इटहरी अस्पतालमा इमरजेन्सी सेवा सुरु

इटहरी । इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ । सामाजिक विकास मन्त्री जिवन घिमिरेले आकस्मिक सेवाको उदघाटन गरको छन् ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री घिमिरेले इटहरी, इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने बताए । उनले इटहरी अस्पतालको स्तरोन्तीका लागि प्रदेश सरकारको चासो र सरोकार रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सांसद लिलम वस्नेत,संविधानसभाकी सांसद अनिता परियार, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम,नेपाली काँग्रेस इटहरी सभापति हेमकर्ण पौडेल,वडाध्यक्ष भुपेन्द्र वराल लगायतले शुभकामना ब्यक्त गरेका छन् ।
कार्यक्रमको अध्यक्ष रहेका इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीको विकास र सम्वृद्धिले केहि समयमै नयाँ उचाई लिने दावी गरेका छन् । कार्यक्रममा इटहरी अस्पतालकी प्रमुख डा. रोमी यादवले इटहरी अस्पतालवाट गत बर्ष ३७ हजार २९ जनाले सेवा लिएको जानकारी दिएकी छन् ।
२०२४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भई ५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साल साउन १ गते देखि इटहरी अस्पतालमा रुपान्तरण भएको हो । १५ सैयाको अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेन्टर सहित ५० सैयाको अस्पताल वनाउने इटहरी उपमहानगरले लक्ष्य राखेको छ ।